राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

काठमाडाैं | बैशाख ५, २०८०

राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार अस्पताल भर्ना हुनुभएको छ।


महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ।


अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार, राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको हो।


सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उहाँ निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ। उहाँको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ।  


यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो ।  सोमबार ९हिजो० छातीमा समस्या देखिएपछि राष्ट्रपति  पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुभएको थियो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्